१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट आज सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ।

नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन्।

पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भए।

महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ।

प्रकाशित: १७ जेष्ठ २०८० १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App