२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्। कास्कीका उत्तम जोशी दोस्रो तथा लोभ गुरुङ र दिलनिसान पुन तेस्रो भए।

स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा पोखरामा जारी प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टिटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण व्यञ्जनकारले कांस्य जिते।

पोखरा महानगरपालिका-२ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको पुरुष डबल्समा किङ्स टिटीका मुकेश महर्जन र राजीव महर्जन पहिलो, खोल्चा पुखुका नदिमरत्न शाक्य र राजीप वज्राचार्य दोस्रो, इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य र किरण व्यञ्जनकार तथा किङ्स टिटीका संघरत्न डंगोल र सुरजसिंह महर्जनको जोडी तेस्रो भए। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रकाशित: १५ जेष्ठ २०८० ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App