coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय पुरुष भलिबल जेठ १६ गतेदेखि सुरु हुने

यही जेठ १६ गतेबाट बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

खेलाडी उत्पादन र खेलाडीहरुकाबीच भ्रातृत्वको सम्बन्ध स्थापनासँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडाको आयोजनामा राष्ट्रिय भलिबल हुन लागेको हो।

प्रतिष्ठान र मकवानपुर जिल्ला भलिवल संघको संयुक्त आयोजनामा १६ देखि २० गतेसम्म खुला राष्ट्रिय भलिवल आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। प्रतियोगितामा १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौलाले जानकारी दिए। २०६४ सालपछि पहिलो पटक हेटौंडामा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा विजेताले २ लाख तथा उपविजेताले एकलाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सेमीफाईनलमा पुग्ने २ टिमलाई ५०/५० हजार रुपैयाँ नगद प्रदान गरिने केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिवल कोर्टमा हुनेछ।

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित बागमती प्रदेश भलिवल टिम, मधेश प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङ्जा, पाथिभरा भलिबल टिम झापा र आयोजक मकवानपुर जिल्ला भलिवल संघको सहभागिता रहनेछ। प्रतियोगिता आयोजनाका लागि करिब २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। 

राष्ट्रिय भलिबलका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएका छन्  २०७२ सालको भूकम्पमा निधन भएका भलिबलका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले जिल्लामा भलिबलका गतिविधि गर्दै आएको छ।  

प्रकाशित: १४ जेष्ठ २०८० १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App