१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

खुला बुद्धिचालमा रुपेश जैसवाल प्रथम

भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेस्रो हुन सफल भए। 

शुक्रवारदेखि सुरु भएको प्रतियोगिताका विजयी खेलाडीहरूलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।उनीहरूलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।पहिलो हुने नगद रु २५ हजार, दोश्रो हुने १५ हजार र तेस्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए। 

प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातु सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए । चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो । 

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए।तर ६ जना मात्रै महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइयो।प्रतियोगितामा विदेशी खेलाडीहरुकाे समेत सहभागी रहेको जनाइयो। 

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता गरिएको हो । ग्वाछाको झन्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो।उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो।

पुरस्कार वितरण समारोहमा टिमका सस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, केन्द्रीय बुद्धिचाल महासंका अध्यक्ष विदुरप्रसाद गौतम, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, सदस्य सुरेश कवांलगायतले खेलाडीको सम्मान स्वरुप प्रतियोगिता आयोजना गरेको सुनाए।

भक्तपुर युवा टिम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो।यसले प्रत्येक वर्ष भक्तपुर कप खुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ।यसअघि पहिलो दिन शुक्रवार टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए। 

प्रकाशित: १३ जेष्ठ २०८० १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App