राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज यी दुईबीचको खेल ५ बजे शुरु हुनेछ।
नेपाल बंगलादेश र किर्किस्तानलाई हराउँदै समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको तीन खेलमा नेपाल भारतसंग मात्र पराजित भएको हो । काजकस्तान समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो।आजै भएको पहिलो सेमिफाईनल खेलमा भारत उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगिसकेको छ।
प्रकाशित: १२ जेष्ठ २०८० १०:५९ शुक्रबार