२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पौडीतर्फ काठमाडौं च्याम्पियन

काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य गरी कुल ३० पदकसहित दोस्रो बाग्मती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडीतर्फ च्याम्पियन बनेको छ।  

दोस्रो स्थानमा रहेको ललितपुरले ७ स्वर्ण, ७ रजत र १० कांस्य गरी कुल २४ पदक जित्यो। पुरुषतर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिलातर्फ काठमाडौंकी आर्या महर्जनले ३ स्वर्ण जितिन्।

जिल्ला खेलकुद विकास परिषद्, बाग्मती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण जिते। काठमाडौंका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कांस्य पदक जिते। महिलातर्फ काठमाडौकी रोयल प्रजापतिले स्वर्ण हात पारिन्। रोयलले उक्त दूरी ३७.६७ सेकेन्डमा पूरा गरिन्। काठमाडांैकी अदिप्सा वैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कांस्य पाए।

ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा बिहीबार भएको प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रोकमा पुरुषतर्फ काठमाडौंका जाडेन श्रेष्ठ र काठमाडौंकै आर्या महर्जनले स्वर्ण जिते। जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दूरी पूरा गरे। पुरुषतर्फ ललितपुरका अभिर प्रधान र काठमाडांैका गौरव लामाले रजत र कांस्य पाए। यस्तै महिलातर्फ काठमाडांैकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कांस्य पाए। दुई सय मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाडौंका सनिलकुमार थापामगरले २ मिनेट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते। यस्तै महिलातर्फ काठमाडांैकी आर्या महर्जनले २ मिनेट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। पुरुषतर्फ काठमाडौंका युभानलाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कांस्य पाए। यस्तै महिलातर्फ काठमाडौंकी अदिप्सा वैद्य र ललितपुरकी श्रेवी महर्जनले रजत र कांस्य पाए।

प्रकाशित: १२ जेष्ठ २०८० ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App