१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै समूहबीको विजेता बनेको हो।

यस्तै, पराजित उज्वेकिस्तान पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।उज्वेकिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।पहिलो सेट २४–२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो।काजकिस्तानले पछिल्लो तीन सेट २५–१६,२५–११ र २५–१८ ले जित्यो।यस जितसँगै काजकिस्तान ३ खेलमा ९ अङ्क जोड्दै समूह ‘बी’को विजेता बनेको हो।पराजित उज्वेकिस्तान समान तीन खेलमा दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ उपविजेता बन्यो।यस समूहबाट श्रीलङ्का र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित: १० जेष्ठ २०८० १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App