१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने

आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ।

आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो।

समूह ‘ए’ मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।

१० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ। हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन्। जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।

फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। नेपालले जिम्बावे यात्राका लागि सोमबार मात्र २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०८० ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App