१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

फाइल तस्बिर।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छन्।

त्यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन्। 

जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ।

प्रकाशित: ८ जेष्ठ २०८० १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App