१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ब्रेन्टफोर्डको यादगार पुनरागमन

घरेलु मैदानमा सुरुआती अग्रता लिएको टोटेनह्याम शनिबार इङ्लिस प्रिमियर लिगमा भ्रमणकारी टोली ब्रेन्टफोर्डसँग ३-१ गोलअन्तरले पराजित भएको छ।

टोटेनह्यामका लागि ह्यारी केनले आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। तर, अग्रता जोगाउन नसक्दा टोटेनह्याम पाहुना टोलीलाई अंक सुम्पिन बाध्य भयो। यससँगै टोटेनह्यामको बिर्सनलायक सिजन भएको छ। लिग सकिन एक खेल मात्र बाँकी रहेको अवस्थामा टोटेनह्यामको शीर्ष पाँचभित्र पर्ने सम्भावना पनि टरेको छ।

घरेलु मैदानमा सुरुआती अग्रता लिएको टोटेनह्याम शनिबार इङ्लिस प्रिमियर लिगमा भ्रमणकारी टोली ब्रेन्टफोर्डसँग ३-१ गोलअन्तरले पराजित भएको छ।

पहिलो हाफमा १–० ले पछि परेको ब्रेन्टफोर्ड दोस्रो हाफमा भने उत्कृष्ट खेल देखाउँदै खेलमा फर्किन सफल भयो। ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल फर्कायो। यससँगै टोटेनह्याम पछिल्ला चार खेल मध्येमा तीन खेल गुमाउन पुग्यो।

पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको खेल देखाएको ब्रेन्टफोर्ड खेलमा फर्किंदै तीन अंक आफ्नो बनाउन सफल भयो। सो क्रममा ५०औं मिनेटमा ब्रयान एम्बेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

बराबरीपछि खेलमा फर्किन संकेत देखाएको ब्रेन्टफोर्डका लागि ६२औं मिनेटमा एम्बेउमोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ ले उल्ट्याए। त्यसपछि खेलको ८८औं मिनेटमा योआने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित निश्चित गरे। पराजयसँगै टोटेनह्यामका अध्यक्ष ड्यानियल लेभीले कठिन सिजन भएको प्रतिक्रिया दिएका छन्।

पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको खेल देखाएको ब्रेन्टफोर्ड खेलमा फर्किंदै तीन अंक आफ्नो बनाउन सफल भयो। सो क्रममा ५०औं मिनेटमा ब्रयान एम्बेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

उनले समर्थकको राम्रो समर्थन हुँदा हुँदै पनि टोलीबाट अपेक्षाअनुसार प्रदर्शन नहुनु दुखद भएको प्रतिक्रिया दिए। उनले लक्ष्यअनुसार सिजन अन्त्य गर्न नसक्दा दुःख लागेको पनि बताए।

‘जारी सिजन राम्रो फुटबलका लागि निकै प्रयास गर्‍यौं। धेरै अपेक्षा पनि गरिएको थियो। तर, सबै अपेक्षाअनुसार नहुने रहेछ। टोलीले अपेक्षाअनुसार खेल्न सकेन। यो सिजन बिर्सनलायक रहने भयो,’अध्यक्ष लेभीले भने,‘निरासापन छाएको छ। किन निरासापन छाएको भन्नेमा सबै जानकार नै छन्। जुन क्लबले पनि महसुस गरिरहेको छ। आगामी सिजन फरक योजनासहित सुरुआत गर्नु पर्नेछ।’

सिजन सकिन एक खेल बाँकी रहँदा बलियो टोली टोटेनह्यामविरुद्ध जित निकालेको ब्रेन्टफोर्डले ३७ खेलबाट ५६ अंक जोडेको छ। ब्रेन्टफोर्ड नवौं स्थानमा छ। पराजित टोटेनह्याम ५७ अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App