१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनीस क्लब रियल मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ।

गएराती घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले  रियल मड्रिडलाई ४-० ले हराउँदै फाईनलमा पुगेको हो।

यस अघि पहिलो लेगमा एक एक गोलको बराबरीमा सकिएको थियो।समग्रमा ५-१ को अग्रतासहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

दोश्रो लेगमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे।

सिटीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसंग प्रतिस्पर्धा गर्ने छ। इन्टर मिलान एसी मिलानलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।फाइनल खेल जुन १० मा हुनेछ।

प्रकाशित: ४ जेष्ठ २०८० ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App