१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोनाले सिटी प्रतिद्वन्द्वी स्पान्योललाई ४–२ ले हराएर २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

बार्सिलोनाले चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो। आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे। घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए।

लियोनेल मेस्सीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो। यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ।

प्रकाशित: १ जेष्ठ २०८० ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App