१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बराबरीमा रोकियो न्युक्यासल

न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन क्षेत्रबाट जोगिन संघर्ष गरिरहेको लिड्स युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

आफ्नो घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा लिड्सले पाहुना टोली न्युक्यासलविरुद्ध दुई अंक गुमाएको हो। न्युक्यासल दुवै गोल पेनाल्टीबाट गर्दै लिड्ससँग अंक खोस्न सफल भयो। पहिलो हाफमा भ्रमणकारी न्युक्यासलविरुद्ध हाबी हुँदै खेलेको लिड्सले सातौं मिनेटमा नै अग्रता लिए पनि जोगाउन सकेन। लुका आएलिङले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका हुन्। गोल गरेसँगै थप दबाब बनाएको लिड्सले २८औं मिनेटमा पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न सकेन र अग्रता दोब्बर बनाउन चुक्यो।

न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन क्षेत्रबाट जोगिन संघर्ष गरिरहेको लिड्स युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

लिड्सका प्याट्रिक बामफोर्ड पेनाल्टी प्रहार सदुपयोग गर्न असफल भए। ३१औं मिनेटमा न्युक्यासलले पेनाल्टीको अवसर पायो। कलुम विल्सनले पेनाल्टी अवसरलाई सदुपयोग गर्दा दुवै टोलीले पहिलो हाफ १/१ को बराबरीमा खेले। दोस्रो हाफमा घरेलु टोलीले थप आक्रामक रणनीति अपनाउँदै खेल्यो। न्युक्यासलले आक्रामक रणनीति लिए पनि लिड्सको बलियो रक्षापंक्तिका कारण त्यति सहज भएन। ६९औं मिनेटमा न्यु क्यासलले पेनाल्टीको अवसर पायो।

जोइल रोबेल्सले न्युक्यासलका खेलाडीलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि पाहुना टोलीले पुनः पेनाल्टीको अवसर पायो। पहिलो पेनाल्टी प्रहार गरेका कलुम विल्सनले त्यो अवसरलाई सदुपयोग गर्दै अग्रता दिलाए। तर, त्यो अग्रता घरेलु टोलीविरुद्ध धेरै समय टिक्न सकेन। १० मिनेटपछि लिड्सका रासमुस क्रिस्टेनसेनले गोल गर्दै खेल २÷२ को बराबरीमा ल्याए। लिगमा दुई खेल बाँकी रहेको अवस्थामा रेलिगेसन टार्न संघर्ष गरिरहेको लिड्स बाँकी समय खेलमा फर्कन प्रयास गरे पनि असफल भयो।

जोइल रोबेल्सले न्युक्यासलका खेलाडीलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि पाहुना टोलीले पुनः पेनाल्टीको अवसर पायो। पहिलो पेनाल्टी प्रहार गरेका कलुम विल्सनले त्यो अवसरलाई सदुपयोग गर्दै अग्रता दिलाए।

इन्जुरी समयमा जुनियर फिर्पो दोहोरो पहँेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए र लिड्स १० खेलाडीमा सीमित भयो। त्यसपछि दुवै तर्पmबाट केही प्रयास भए पनि गोल हुन सकेन र दुवैले अंक बाँडे। त्यो नतिजासँगै न्युक्यासलले ३५ खेलबाट ६६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा यथावत् छ। सुरुआती अग्रता जोगाउन असफल लिड्सको भने रेलिगेसन भय कायमै छ। लिड्सको ३६ खेलबाट ३१ अंक छ।  

प्रकाशित: ३१ वैशाख २०८० ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App