१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी क्लबले चर्च ब्वाईज युनाईटेडलाई हरायो

शहिद स्मारक ए डिभिजन लिगमा  त्रिभुवन आर्मी क्लबले  चर्च ब्वाईज युनाईटेड क्लबलाई हराएको छ।

दशरथ रंगशालामा आज  भएको खेलमा आर्मीले चर्च ब्वाईजलाई १–० ले हराएको हो।आर्मीलाई जिताउन   जिलेस्पी जंग कार्कीले ४३ औं मिनेटमा  गरेको गोल नै निर्णायक बन्न पुग्यो।जितसंगै आर्मी क्लब १७ खेलबाट २७ अंक बटुलेर तालिकाको पाँचौ स्थानमा रहेको छ। 

पराजित चर्च ब्वाईज युनाईटेड १७ खेलबाट ३० अंकका साथ तालिकाको दोश्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको जावालाखेल युथ क्लबको  ३० अंक भए पनि गोल अन्तरका कारण चर्च ब्वाईज युनाईटेड दोश्रो स्थानमा रहेको हो। 

प्रकाशित: ३० वैशाख २०८० १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App