१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिग : हिमालयन र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा  हिमालयन शेर्पा क्लब र नाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

एन्फा कम्लेक्स सातदोबाटोमा आज  भएको खेलमा यी दुई टोलीबीचको खेल दुवै तर्फ  एक एक गोल भएर बराबरीम सकिएको हो। गोलको बराबरी खेलेका हुन्।

मनाङका लागि निराजन धामीले १४ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि हिमालयनका लागि अबायानी फकुल्नीले ३६ औं मिनेटमा गोल खेललाई बराबरीमा ल्याएपछि निर्धारीत समय सम्म दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीम सकियो।  

यो बराबरीपछि मनाङ १७ खेलबाट २१अंक सहित आठौं स्थानमा  रहेको छ भने हिमालयन १७ खेलमा २१ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ।

प्रकाशित: २९ वैशाख २०८० १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App