१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्लबस्तरीय टी–२० क्रिकेट जेठ १ देखि

जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।  

पोखरामा अरण्यज्योति क्रिकेट क्लबले प्रतियोगिता गर्ने जमर्को गरेको हो। क्लबको जमर्कोलाई लुम्बिनी विकास बैंकले सहकार्य गरेको छ। प्रतियोगितालाई बैंकसँगै अन्नपूर्ण केवलकार प्रालि र कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेका छन्। बन्जी सोसाइटीले समेत प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कमल थापाले जानकारी दिए। लुम्बिनी विकास बैक अरण्यज्योति क्रिकेट क्लब पोखरा, माछापुच्छ«े क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, राइजिङ क्रिकेट क्लब पोखरा, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, किङ्स क्रिकेट क्लब काठमाडौं, पेलिकन्स क्रिकेट क्लब तनहँु र बागलुङ त्रिकेट क्लब बागलुङको सहभागिता रहेको क्लबका सचिव विधान श्रेष्ठले बताए।  

प्रतियोगितामा विजेता क्लबले ८० हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेता क्लबले नगद ४० हजार रूपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याटरले २ हजार ५ सय, उत्कृष्ट बलरले पनि २ हजार ५ सय रूपैयाँ प्राप्त गर्ने क्लबले जनाएको छ। 

प्रकाशित: २८ वैशाख २०८० ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App