एसीसी प्रिमियर कपको फाईनलमा नेपालका गुल्सन झाले यूएई विरुद्ध अर्धसतक पुरा गरेका छन।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अलराउन्डर गुल्शन झाले ७५ बलमा ४ छक्का र ३ चौक्कासंगै ५१ रन बनाएका हुन । अहिले भिम सार्की र गुल्शन झा क्रिजमा छन । भिम ३० रन बनाएर खेलिरहेका छन । नेपाललाई खेल जित्न २१ओभरमा जम्मा १६ रन मा बनाए पुग्छ ।
हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अलआउट भयो ।
यूएईले आज २७ दशमलब ३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रनबाट खेल्न सुरु गरेको थियो ।आज शुरुमा अन ह्याटीकमा वलिङ गरेका ललितनारायण राजवंशीले बाँकी १ विकेट लिन झन्डै ६ ओभर कुर्नु परेको थियो । उनलले ३३ दशमलब १ ओभरमा अन्तिम विकेट लिएपछि उनको ब्यक्तिगत ४ विकेट पनि भयो । आज सन्दीप लामिछाने र ललितनारायण राजवंशीले मात्र वलिङ गरेका हुन । ११८ रनको झिनो लक्ष्य पक्ष्याएको नेपालले शुरुमै झड्का व्यहोर्न पुग्यो । नेपालले ८ओभरमै ३ विकेट गुमाएको थियो । आज यूएईले सुरुबाटै स्पिनरलाई उतारेको थियो । अयान फैजल खान र रोहन मुस्तफाले यूएईको बलिङ सुरु गरेका थिए । दोस्रो ओभरमै मुस्तफाले कुशल भुर्तेललाई एलबीडब्लु धरापमा पारे । उनले एक रन मात्रै जोडेका थिए । छैटौं ओभरमा आसिफ शेख ८ रनमा आउट भए भने कप्तान पौडेल पनि एक रन जोडेर पेभिलियन फर्किएका छन् ।
प्रकाशित: १९ वैशाख २०८० ०५:५४ मंगलबार





