८ असार २०८१ शनिबार
image/svg+xml
खेल

लङजम्पमा सुदीपको कीर्तिमान

लुम्बिनीका सुदीप थारुले राजधानीमा जारी १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत लङजम्पमा शनिबार जुनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न छात्रतर्फको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन्। लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्‍यो।

सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गर्‍यो। लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते।

तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे। सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन्। सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन्। सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन्। छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिता अन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो।

यस्तै ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे। छात्राको लङजम्पमा रेसु थारु (४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए। 

प्रकाशित: १७ वैशाख २०८० ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App