coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।

साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी अरेबियाका संघका अध्यक्ष यासेर अल मिसेहलबीच शनिबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। एन्फाले सम्झौता एक वर्षका लागि गरेको हो।

फुटबलको पारस्परिक हित, प्रबद्धन, विकास र सफलताका लागि दुई फुटबल संघबीच सहमती भएको छ। साथै सम्झौताले दुई संघबीच सुदृढ सम्बन्ध विकास गर्न तथा विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेख तय गर्ने सम्झौताको लक्ष्य रहेको छ।

सम्झौतासँगै दुवै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेलका लागि अवसरहरू प्रदान गर्ने छन्। यस्तै युथ फुटबल डेभलपमेन्ट सम्बन्धी कार्यहरू आदानप्रदान हुनेछ।

एन्फा र साउदी फुटबलले प्रशिक्षक तालिम मिलेर आयोजना गरिने समेत सम्झौतामा उल्लेख गरिएको छ। यासर फिफा काउन्सिल सदस्य तथा एएफसी विकास समितिका अध्यक्ष हुन्। नेम्वाङ एएफसीको विकास समितिका उपाध्यक्ष हुन्।

प्रकाशित: १७ वैशाख २०८० ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App