८ वैशाख २०८१ शनिबार
खेल

‘हेटौंडा साइकल रन’ को उपाधि पुजन मगरलाई

हेटौंडा साइकल रनको सहभागीहरू।

‘हेटौंडा साइकल रन’ को उपाधि पुजन मगरले जितेका छन्। अन्य ४८ प्रतिस्पर्धीलाई उछिन्दै उनले हेटौंडा साइकल रनको उपाधि जितेका हुन्।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान भएको भएको प्रतियोगितामा ३८ मिनेट १९ दशमलव ३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै मगरले उपाधि जितेका हुन्।

३७ मिनेट १४ सेकेन्डमा दुरी पार गरेका राजिव ठाकुर मकवानपुर जिल्ला बाहिरको बासिन्दा भएको प्रमाणित भएपछि उपाधि मगरको नाममा गएको हो। यस्तै ३८ मिनेट १९ दशमलव ७७ सेकेन्डमा दुरी पार गरेका आशिष थापा मगर द्वितीय, ३९ मिनेट ३८ दशमलव २३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय तथा प्रदीप थापा क्षेत्री र निशान श्रेष्ठ सान्त्वना भए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएकाहरूले क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १०/१० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिएको छ। शनिबार बिहान हेटौंडाको हुप्रचौरबाट सुरु भएको साइकल रन गर्दोइ, क्याम्पाडाँडा, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको हो। 

प्रतियोगितामा ५० जनाले सहभागिता जनाएका थिए। विजेता तथा सहभागीलाई हेटौंडाका मेयर मिनाकुमारी लामा, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही लगायतले पुरस्कार प्रदान गरेका हुन्।

उपमहानगरपालिकाले नयाँ वर्षको अवसरमा वैशाख ३ गते हेटौंडा रनको आयोजना समेत गरेको स्मरण गर्दै उनले खेलसहित उपमहानगरको सर्वाङ्गीण विकासमा लागिपरेको बताइन्।

‘हामीले सबै खेललाई उत्तिकै महत्त्व दिएका छौं। खेलसहित उपमहानगरको सबै क्षेत्रको विकासमा योजनाबद्ध लागिपरेका छौं’, मेयर लामाले भनिन्।

प्रकाशित: १६ वैशाख २०८० १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App