७ वैशाख २०८१ शुक्रबार
खेल

ओपनरद्वयको राम्रो प्रदर्शन

नेपालले कटायो ५० रन

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध  राम्रो प्रदर्शन गरिरहेको छ।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० रन कटाएको छ। ओपनरद्वय आशिफ शेख र कुशल भूर्तेलको जोडीले ताजा अवस्थामा साताै अाेभरकाे अन्त्यमा ५६ रन बनाएर खेलिरहेका छन्।  

भूर्तेलले ६ चौका एक छक्का सहित ३७ रन बनाएका छन् भने शेखले १ चाैका र दुई छक्कासहित गरी २१ रन प्रहार गरेका छन्।  

टस जितेर कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्ता पाएको थियो।  

आजको खेलमा नेपालका गुलशन झालाई बेन्चमा राखेर करण केसीलाई मैदानमा उतारिएको छ।  खेल टियु क्रिकेट मैदानमा हुँदै छ। घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन्। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग १ सय ४३ रन फराकिलो अन्तरले हारेको थियो।  

नेपालको प्लेइङ ११ः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

प्रकाशित: १६ वैशाख २०८० ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App