८ वैशाख २०८१ शनिबार
खेल

अझै शीर्ष चारभित्र पुगिसक्या छैनौंः क्लोप

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीको अहिले पनि शीर्ष चारमा पुनरागमन नभइसकेको प्रतिक्रिया दिएका छन्।

लिभरपुलले बिहीबार वेस्टह्याममाथि २–१ को जित निकालेको थियो। यो क्लोपको टोलीको लगातार तेस्रो जित हो। लिभरपुल पछिल्लो ५ खेलमा अपराजित छ। पछिल्लो दुई सिजन उत्कृष्ट लयमा रहेको लिभरपुल यस सिजन भने खराब लयमा देखिएको थियो। जसका कारण लिभरपुलको शीर्ष ६ भित्र बस्दै युरोपियन प्रतियोगिता खेल्ने सम्भावना न्यून बनेको थियो। तर पछिल्लो समय भने क्लोपको टोलीले लयमा फर्कदै शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो पारेको हो।

३२ खेलको समाप्तिमा ५४ अंकसहित लिभरपुल सातौं स्थानमा छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ७ अंक कम हो। लिभरपुलले आइतबार पाँचांै स्थानको टोटनह्यामको सामना गर्दै छ। सो खेल जितेमा चौथो स्थानमा उक्लिनेछ। लिभरपुलले यसअघि नोभेम्बर–डिसेम्बरमा कतार विश्वकपअघि लगातार चार खेल जितेको थियो। त्यसयता उनको टोलीले लिगमा लगातार चार खेल जित्न सकेको छैन।

‘टोलीले स्वाभाविक लय भेट्टाएको छ, यो राम्रो पक्ष हो तर यो लय कायम राख्नु नै अहिलेको ठूलो चुनौती हो,’क्लोपले भने, ‘अहिले नै टोलीले एकरूपको प्रदर्शन गर्यो र हामी शीर्ष चारमा बस्छांै भन्न निकै कठिन हुनेछ।’  

‘लिगमा लगातार तीन खेल जित्नुले स्वाभाविक लयमा फर्किएको मान्न सकिन्न,’उनले थपे, ‘टोलीको शीर्ष चारको सम्भावना मात्र ब्यँुतिएको हो। हामीले अझ राम्रो प्रदर्शन गर्न आवश्यक छ।’  

‘म निकै खुसी छु,’ उनले भने, ‘खेलाडीहरूको आत्मविश्वास बढेको छ। हामीसँग अझै ६ खेल बाँकी छ। टोलीले धेरै सुधार गर्न आवश्यक छ।’क्लोपले थपे, ‘लिगको उत्तरार्धमा गरेको प्रदर्शनले आगामी सिजनका लागि पनि मनोबल बढाएको छ। मलाई मेरो टोलीप्रति पूर्ण विश्वास छ। अहिले हामी जितलयमा छौं, त्यो नै कायम राख्ने लक्ष्य हो। राम्रो नतिजा ल्याउँदै गयांै भने शीर्ष चारबाट हामी अलग हुँदैनौं।’  

क्लोपले इब्राहिमा कोनाटेलाई चोटका कारण वेस्टह्यामविरुद्धको खेलमा आराम दिए पनि आइतबार एन्फिल्डमा हुने खेलमा भने उनी टोलीमा फर्कने दाबी गरे। बिहीबार उनको स्थानमा जोयल माटिपले खेलेका थिए। वेस्टह्यामविरुद्धको जितमा माटिपले नै निर्णायक गोल गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८० ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App