१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग :अग्रता जोगाउन नसक्दा एपिएफले फ्रेण्ड्ससँग अंक बाँड्यो

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लवसँग बराबरीमा रोकिएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो। 

यससँगै दुवै टोली १३ औं चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउण्डको लिगमा बिट मारेका छन्। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए। शुरुवातबाट नै ललितपुरे टोली फ्रेण्ड्समाथि आक्रामक रणनीति अपनाउदै खेलेको एपिएफले २७ औं मिनेटमा प्रदिप लामाको पासमा अग्रता निकालेको थियो। कप्तान नविन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदिपले गोलमा परिणत गर्न सफल भएका थिए। 

त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन। दोस्रो हाफमा फ्रेण्ड्सले सुधारिएको प्रदर्शन 

गर्‍ यो। ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए। बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेण्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन्। यससँगै विभागीय टोली एपिएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ। 

एपिएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेण्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ। लिगमा शुक्रवार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १४ वैशाख २०८० १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App