४ वैशाख २०८१ मंगलबार
खेल

नेपाली क्रिकेटमा मोन्टी ‘म्याजिक’

‘हीरा’ चिन्न सक्ने असल जौहरीले मात्रै हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईलाई नेपाली क्रिकेटको सक्कली जौहरी हुन् भन्दा फरक पर्दैन । किनकि, नेपाली क्रिकेटको भविष्यसँग प्रत्यक्ष गाँसिएको ‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता’ अर्थात् ओडिआई स्ट्याटस गुम्ने संघारमा पुगिसकेको बेला उनको जादु चलेको थियो।  

कसले  सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ। तर त्यो सम्भव भयो। ओडिआई स्ट्याटस जागियोे मात्र होइन, नेपाल सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्यो।  मोन्टीले यही जादु गरेका हुन्। त्यो पनि राष्ट्रिय टोली सम्हाल्ने बितिक्कै । नेपालका कुनै पनि क्रिकेट विज्ञले सम्भवतः यो उपलब्धिको कल्पनासमेत गरेका थिएनन्।  

उनले त्यस्तो के गरे की निराश हतास र टुक्रा टुक्रामा विभाजित राष्ट्रिय टोली एकाएक जाँगरिलो भयो। अनि हार्नै नजान्ने उच्च मनोबल भरिएको टोलीको रूपमा बदलियो । यसमा मोन्टी रुल लागू भयो। अर्था्त सबैभन्दा पहिले उनले ’ह्याप्पी ड्रेसिङ रुम’ को सूत्र लागू गरे।  विभाजित खेलाडीहरूलाई एकताबद्ध बनाए। एकअर्कामा विश्वास गर्न सिकाए अनि खेलाडीलाई आफ्नै प्रतिभा के हो त्यो प्रस्फुटन गर्न हौस्याए।

नेपाली क्रिकेट खेलाडीहरू कमजोर त कहाँ थिए र? उनीहरू त दबिएका न थिए।  

खेलाडीहरू मान्छन् कि मोन्टी आउनु अगाडि जो दबाब उनीहरूले अनावश्यक बोझको रूपमा बोकिरहेका थिए, त्यो पूर्ण रूपमा हटेको थियो। मोन्टीले खेलाडीहरूलाई ‘एक खेल एक जित’ अनि ‘एक बल’ सँग खेल्ने जुक्ति पनि बताइदिए।

छिमेकी राष्ट्रका भएको हुनाले नेपालको हावापानी, संस्कृति र भाषा बुझेका मोन्टीले त्यसमा आफ्नो हँसिलोपन मिसाएर खेलाडीहरूलाई प्रभावित पारिदिए । यही नै हो ‘मोन्टी म्याजिक’ जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्यो ।यो सफलतामा नेपाली क्रिकेट अहिले झुमिरहेको छ।  

कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ ।  तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्याजिक’,  जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्यो । यो सफलतामा नेपाली क्रिकेट टोलीसंगै सिंगो मुलुक झुमिरहेको छ ।  

अझ यसमा एउटा उल्लेख्य कुरा पनि छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि समूहको खेलमा क्रिकेट शक्तिराष्ट्र भारतलाई एक पटक मात्र हराउन सकेको छ। त्यो हो सन् २०१७ को एसिसी यु–१९ एसिया कपमा। त्यस बेला नेपालका ’ब्याटिङ कन्सल्ट्यान्ट’ पनि यिनै मोन्टी थिए।  

अरुरूबेला पनि मोन्टी विभिन्न अवसरमा नेपाली क्रिकेटसँग ठोक्किँदै आइरहेका छन् । त्यसैले उनी भनिरहन्छन्, ‘नेपाली क्रिकेटसँग म राम्ररी जानकार छु।’ मोन्टीको जादु अहिले नेपाली क्रिकेटमा  मज्जाले चलिरहेको छ। एसिसी प्रिमियर कपमा पनि यसले निरन्तरता पाइ नै रहेको छ।

सम्भवतः मोन्टीले पनि विगतमा वेस्ट इन्डिज, अफगानिस्तान, युएई वा क्यानडालाई प्रशिक्षण दिनुभन्दा बढी खुुसीको अनुभव पक्कै पनि नेपालमै गरिरहेको हुनुपर्छ। नेपाली क्रिकेट प्रेमीले पनि मोन्टीलाई खुबै माया गरेका छन्। नेपाली क्रिकेटसँग मज्जाले जोडिएको पुग नपुग २ महिनाको छोटो समयमा नै यति धेरै चर्चित हुने मोन्टी पहिलो पात्र नै हुनुपर्छ।

त्यसो त, भारतीय मूलका मोन्टी देसाईसँग नेपालको नाता करिब ११ वर्षदेखिको हो। त्यो नाता जोडिएको थियो, सन् २०१२ मा भएको ट्वान्टी–२० विश्वकप छनोटमा संयुक्त अरब इमिरेट् (इमिरेट्स) पुग्दा। त्यति बेला उनी त्यो छनोट खेल्न क्यानडाको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा त्यहाँ पुगेका थिए।  

त्यही छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए नेपालका स्पिनर शक्ति गौचनले। त्यो खेलबाट शक्तिसँग मोन्टी प्रभावित भए। उनले शक्तिलाई भारतीय इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा ट्रायल दिने व्यवस्था मिलाइदिए। नेपाली क्रिकेट टोलीको प्रशिक्षकका रूपमा गत माघ २३ गते सार्वजनिक हुँदा पनि त्यो कुरा उल्लेख गरेका थिए। ‘नेपाल क्रिकेट संघ, खेलाडी र नेपाली क्रिकेटसँग म सन् २०१२ देखि जोडिएको छु। अर्थात् म नेपाली क्रिकेटसँग परिचित व्यक्ति हुँ। नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी स्वीकार गर्न पाउनु मेरो लागि गर्वको विषय हो,’ उनले भनेका थिए।

मोन्टीको यो अभिव्यक्तिका पछाडि शक्ति गौचनको आइपिएलमा ट्रायलदेखि बेलाबेलामा नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गर्नु हो। मोन्टी पहिलो पटक सन् २०१५ मा नेपाली क्रिकेटमा जोडिन पुगे । त्यस समय उनी नेदरल्यान्ड्समा भएको ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा भित्रिए। पछि उनी सन् २०१७ मा नेपालको यु–१९ टोलीको ब्याटिङ प्रशिक्षकका रूपमा पनि नेपाल आए । यस पटक भने नेपाली क्रिकेटमा उनको सम्बन्ध यादगार नै रह्यो।  

किनकि सन् २०१७ मा नेपाली यु–१९ टोलीले एसिया कपमा भारतलाई हराउँदै ऐतिहासिक सफलता निकाल्यो, जहाँ उनै मोन्टी नेपाली टोलीको ब्याटिङ प्रशिक्षक थिए । त्यति बेला भारतीय राष्ट्रिय टोलीका पूर्वब्याट्सम्यान राहुल द्रविडको प्रशिक्षणमा रहेको भारतको यु–१९ टोलीलाई हराउँदै नेपाल एसिया कपको सेमिफाइनलमा पुगेको थियो । त्यो नै नेपालसँग जोडिँदा उनको पहिलो सफलता थियो। जुन सफलताको शृृंखला गत चैत २ गते पुनः दोहोरियो।  

जहाँ असम्भवका बीच मोन्टीले पूर्णकालीन प्रशिक्षक भएर नेपालको एकदिवसीय मान्यता त जोगाए नै । आशै मारिसकेको विश्वकप छनोटको यात्रामा पनि नेपाललाई सहभागी गराए । त्यसअघि निश्चित प्रतियोगिताका लागि नेपाल आउने जाने क्रम रहे पनि उनी नेपालको क्रिकेटबारे पूर्ण जानकार भइसकेका थिए। किनकि तत्कालीन समयमा अर्को एसोसिएट राष्ट्र अफगानिस्तानको प्रशिक्षक रहँदा नेपालले त्यो टोलीसँग प्रतिस्पर्धा गरेको थियो । तर, नेपालसँग उनको लामो समयका लागि सहयात्रा भने यसै वर्ष माघ २३ गतेदेखि भयो, त्यो पनि निकै कठिन समयका बीच।  

मोन्टीमाथि पनि पत्रकारले त्यो निर्णयप्रति लगातार प्रश्न तेस्र्याइरहे। तर, उनले हरेक समय शान्त रहेर आफूलाई क्रिकेट मात्र आउने भन्दै चुप लगाइदिए। न त, सन्दीप समक्ष ती प्रश्न सिर्जना हुने वातावरण नै दिए। पहिलो पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘अहिलेको अवस्थामा मेरो दिमागमा एउटै कुरा छ त्यो हो ह्याप्पी ड्रेसिङ रुम । यो मेरो कोचिङ फिलोसोफी हो । आगामी दुई वर्ष हामीले टिमका रूपमा जे जति गर्छौ त्यसमा सबैलाई गर्व हुनेछ।’

उनले नेपाली क्रिकेटको जिम्मेवारी समाल्दा नेपाल ट्वान्टी–२० लिगमा भएको स्पट फिक्सिङ, नेपाल क्रिकेट संघ (क्यान) भित्रको विवाद, पूर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप लगायतका समस्याबाट नेपाली क्रिकेट गुज्रिरहेको थियो। त्यसका बीच उनी दुई वर्षका लागि नेपाली क्रिकेटमा अनुबन्धित भए। स्पट फिक्सिङकै कारणले क्यान र नेपाली खेलकुदको निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्बन्धमा पनि चिसोपना थियो। जसको असर उनको श्रम स्वीकृतिमा पनि प¥यो।  

माघ १४ गते नेपाल आएका उनले गुपचुपमा माघ १५ गते नेपाली टोली प्रशिक्षण थाले। १० दिन नेपालको प्रशिक्षण गरेपछि मात्र क्यानले उनलाई सार्वजनिक गरेको थियो। उनी नेपाली क्रिकेटमा भित्रिँदै हरेक कोणबाट सहज थिएन। एकदिवसीय मान्यता गुम्ने संघारमा थियो भने विश्वकप छनोटमा पुग्ने आशा नै नेपाली क्रिकेट समर्थकले मारिसकेका थिए। किनकि आइसिसी विश्वकप लिग–२ का बाँकी १२ खेलमा कम्तीमा ९ खेल जिते मात्र नेपालको एकदिवसीय मान्यता जोगिन्थ्यो।

बाह्रै खेलमा शतप्रतिशत जित निकाल्दा मात्र नेपालको जिम्बाब्वेमा हुने विश्वकप छनोट यात्रा सम्भव रहेको समीकरण देखिन्थ्यो। जुन नतिजा प्राप्त गर्न सहज थिएन। त्यो नतिजा प्राप्त नहुँदा भने नेपालले त्यही छनोट खेल्न प्ले अफको सहारा लिनु पर्दथ्यो। यस्तोमा मोन्टीसामु अनगिन्ती चुनौती थिए । राष्ट्रिय टोलीभित्रै एकता थिएन। अझ भनौं नेपाली टोली विभिन्न गुटमा विभाजित थिए । यस्तोमा टिमका खेलाडीलाई एक बनाएर नतिजा दिनु उनका मुख्य चुनौती थिए । लिग–२ कै उत्कृष्ट बलर रहेका सन्दीप धरौटीमा रिहा हुने बितिक्कै क्यानले उनलाई राष्ट्रिय टोली समावेश ग¥यो। जुन निर्णयविरुद्ध क्यानले लगातार आलोचना खेप्नुप¥यो।

मोन्टीमाथि पनि पत्रकारले त्यो निर्णयप्रति लगातार प्रश्न तेस्र्याइरहे। तर, उनले हरेक समय शान्त रहेर आफूलाई क्रिकेट मात्र आउने भन्दै चुप लगाइदिए। न त, सन्दीप समक्ष ती प्रश्न सिर्जना हुने वातावरण नै दिए। पहिलो पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘अहिलेको अवस्थामा मेरो दिमागमा एउटै कुरा छ त्यो हो ह्याप्पी ड्रेसिङ रुम । यो मेरो कोचिङ फिलोसोफी हो । आगामी दुई वर्ष हामीले टिमका रूपमा जे जति गर्छौ त्यसमा सबैलाई गर्व हुनेछ।’

पहिलो भनाइअनुरूप उनले राष्ट्रिय टोलीलाई एक ढिक्का बनाए। अर्को थियो, दुई वर्षभित्र गर्व गर्न लायक बनाउने लक्ष्य । ती लक्ष्यमध्ये एक पूरा भएको छ। त्यो हो, एकदिवसीय मान्यतासँगै विश्वकप छनोटको यात्रा। १२ खेलमध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय मान्यतासँगै नेपालको विश्वकप छनोट यात्रा पनि सम्भव भयो। विश्वकप लिग–२ को शीर्ष तीन राष्ट्रले सीधा विश्वकप छनोट खेल्न पाउँथे, जहाँ नेपालले तेस्रो स्थानका दाबेदार युएईसँगै नामिबियालाई हराउँदै ११ खेल जित्दा नै त्यो यात्रा सम्भव भयो । मोन्टी म्याजिकको कारण सिंगो नेपाल हर्षित छ। 

प्रकाशित: ११ वैशाख २०८० १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App