२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : साउदी अरेवियाले कतारलाई हरायो

एसिसी प्रिमियर कपमा साउदी अरेवियाले कतारलाई हराएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो । साउदीले पहिलो जितका साथ सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ । जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।त्यसअघि  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले ४९दशमलब ५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो।

साउदी अरेवियाको लागि अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले ।कतारका इक्रमाउल्लाह खानले दुई विकेट लि ।कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।ओपनर कमरान खान  ३६ रनमा आउट भए ।साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९दशमलब ५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए।

प्रकाशित: ९ वैशाख २०८० १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App