coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ए डिभिजन लिग :मछिन्द्रले फ्रेन्ड्सलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ।

ललितपुरको च्यासल फुटबल मैदानमा आज भएको खेलमा  मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे।फ्रेन्ड्सका राफिक अमिनुले एक गोल गरे।

मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ।फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ। फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ।

प्रकाशित: ९ वैशाख २०८० १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App