६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत

नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन्।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन्।नेपालकै अर्का खेलाडी नन्द विष्टले काश्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन्।

सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रविन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन्।

प्रकाशित: ९ वैशाख २०८० १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App