१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

ओडिआईमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

नेपालका लेग स्पीनर सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेका छन्।

एसीसी मेन्स प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिकको विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

उनले ४२ खेल खेलेर १०० विकेटको पूरा गरेका हुन्। यसअघि याे कीर्तिमान अफगानिस्तानका रासिद खानको नाममा थियो। उनले ४४ खेलमा १०० विकेट लिएका थिए। यता सन्दिपले भने दुई खेल अगावै उनको कीर्तिमान तोडेका छन्। 

प्रकाशित: ८ वैशाख २०८० ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App