३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

ओमानको सुखद सुरुआत

जितपछि युएईका खेलाडी । तस्बिर सौजन्यः क्यान

नेपालको समूह ‘ए’ मा रहेको ओमानले बुधबार कतारमाथि ४० रनको जित निकाल्दै एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

यो समूहमा नेपालसहित ओमान, कतार, साउदी र मलेसिया गरी पाँच राष्ट्र छन्। समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउनेछन्। यो समूहमा बलियो मानिएको ओमानले पनि सहज जित निकाल्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। २ सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा २ सय ९ रनमा अलआउट भएपछि ओमानले सहज जित आत्मसात् ग¥यो। सात ओभरमै ओपनद्वय कमरन खान र जाहिर इब्राहिमलाई गुमाएको कतारको सुरुआत राम्रो हुन सकेन। कमरन १२ रन र जाहिर ९ रनमा आउट भए।  

यद्यपि, कतारले त्यसपछि समालिएर ब्याटिङ गर्ने प्रयास गरे पनि जित निकाल्न सकेन। कप्तान मोहम्मद रिजलानले सर्वाधिक ४३ रन जोड्दा विकेटकिपर इमाल लियानागेले २७ र र इक्रम उल्लाह खानले २६ रन जोडे। तल्लो क्रमका खुराम साहजादले ३० रन जोड्दै इनिङ अगाडि बढाउने प्रयास गरे पनि सफल हुन सकेनन्। ओमानका तीव्र गतिका बलर बिलाल खानले चार विकेट लिँदै कतारको इनिङ धराशयी बनाए। जय ओडेड्रा र अकिब सुलहेरीले समान दुई विकेट निकाल्दा जिसान मक्सुदको नाममा एक विकेट रह्यो। त्यसअघि ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रनको योगफल तयार ग¥यो। ओमानका आयन खान ६४ रनमा अविजित रहँदा कप्तान जिसान ४१ रनमा आउट भए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप गौदले ३४ रन जोड्दै इनिङ उकासे। कतारको बलिङमा अमिर फारुक र मुहम्मद मुरादले समान तीन विकेट लिए। इक्रम उल्लाहको नाममा दुई विकेट रह्यो। ओमानले समूहको दोस्रो खेलमा शुक्रबार नेपालसँगै खेल्नेछ।  

युएईको उत्कृष्ट पुनरागमन

निकै खराब ब्याटिङका बावजुद उत्कृष्ट पुनरागमन गर्दै संयुक्त अरब इमिरेट्स (युएई) ले कुवेतमाथि १ सय ४३ रनको फराकिलो जित निकालेको छ।

समूह ‘बी’ को युएई टस हारेर पहिलो ब्याटिङको निम्तो पायो। तर, पाँचौं ओभरमा नै युएई २४÷३ को नाजुक अवस्थामा पुग्यो। तथापि, युवा ब्याटर भृत्य अरविन्द र अनुभवी रोहन मुस्तफाले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय इनिङ खेले। यससँगै युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रनको विशाल योगफल खडा ग¥यो। यस क्रममा भृत्य र रोहनको जोडीले चौथो विकेटका लागि २ सय ७५ रनको यादगार साझेदारी ग¥यो। भृत्यले १ सय ८५ रन र रोहनले १ सय १८ रनको योगदान दिए। भृत्यको इनिङमा १७ चौका र ९ छक्का रह्यो भने रोहनले १० चौका र चार छक्का हिर्काए। आसिफ खानले ९ बलमा ३० रन हिर्काउँदै युएईको इनिङ उकासे। कुवेतको बलिङमा परविन्दर सिंह र साहरूख कुदुसले समान दुई विकेट लिए। इसिन पटेल र सइद मोनिबको नाममा समान एक विकेट रह्यो। विशाल लक्ष्य पछ्याएको कुवेतको सुरुआत पनि राम्रो हुन सकेन र पहिलो दुई ओभरमा नै दुई विकेट गुमाउन पुग्यो। त्यसपछि आक्रामक ब्याटिङको प्रयास गरे पनि कुवेत ३६.३ ओभरमा २२८ रनमै समेटियो।  

कुवेतका परविन्दर कुमारले ५३ रन र नवौं नम्बरका ब्याटर सइद मोनिबले ६८ रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। युएईका जुनैद सिद्दिकी र कार्तिक मैयप्पनले समान तीन विकेट निकाले। सन्चित शर्मा, आयन खान, जाहुर खान र रोहन मुस्तफाको नाममा समान एक विकेट रह्यो। दोस्रो खेलमा युएईले शुक्रबार हङकङसँग र कुवेतले शनिबार बहराइनसँग खेल्नेछन्। 

प्रकाशित: ७ वैशाख २०८० ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App