नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवस सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गरे।
उनले भने ‘जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? हाम्रो के अपराध थियो ? अब जाक्नेवालाको खोजिनीति गर्नुस्। घटना कसले गरायो हामीलाई नसोध्नुस्। लाल आयोगलाई सोध्नुस्। मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ।’
उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए।
अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको उनको गुनासो थियो।
प्रकाशित: ३० जेष्ठ २०८१ १५:४८ बुधबार