१० श्रावण २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक: सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको उनको भनाइ थियो।

नेपाल समाजवादी पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरूपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे। उनले संसद्लाई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने जिकिर गरे।

उनले भने ‘म पटकपटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ। त्यति धेरे अस्थिरताको वातावरण छ। र प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ। त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं। संसद्मा ह्विप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन।’

अध्यक्ष राउतले संसद्मा ह्विप लागू गर्ने कुराले सांसदहरुलाई स्वकीय ढंगले कानून निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे।

प्रकाशित: ३० जेष्ठ २०८१ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App