२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुदिलको गोलमा आर्मीलाई सफलता

मनाङविरुद्ध जित निकालेपछि आर्मीका खेलाडी । तस्बिर सौजन्य: एन्फा

सुदिल राईको निर्णायक गोलमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीलाई पराजित गर्दा अर्को खेलमा न्युरोड टिम एनआरटीले खुमलटार युथ क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १–० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुबाट नै दबाब दिएर खेलको आर्मीले दोस्रो हाफमा मात्र अग्रता लिएको थियो।

आर्मीको जितमा सुदिल राईले ७५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो। जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्डमा सुदिलले गोल गर्दै स्पष्ट तीन अंक दिलाए। यसअघि पहिलो हाफमा मनाङले आर्मीलाई काउन्टर गर्दै गोलका लागि प्रयास गरे पनि अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। जितसँगै आर्मीले १० खेलमा १५ अंक जोडेको छ। आर्मी चौथो स्थानमा उक्लिएको छ। यता मनाङले लगातार तेस्रो हार भोगेको छ। मनाङले १० खेलमा १५ अंक जोडेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १-० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो।

लिगअन्तर्गत मंगलबार नै भएको दिनको पहिलो खेलमा यसै सिजन बढुवा भएको खुमलटार युथ क्लबलाई न्युरोड टिम (एनआरटी) ले ३-१ ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १०औं चरणको पहिलो खेलमा एनआरटीले सुखद नतिजा निकालेको हो। एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक गोल गरे। खुमलटारका श्याम मुर्मुले एक गोल फर्काए।

दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो। आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले। सुशन श्रेष्ठको क्रस पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो।

लिगअन्तर्गत मंगलबार नै भएको दिनको पहिलो खेलमा यसै सिजन बढुवा भएको खुमलटार युथ क्लबलाई न्युरोड टिम (एनआरटी) ले ३-१ ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकाल्यो।

अग्रता लिएसँगै मनोबल उच्च बनाएर खेलेको एनआरटीका लागि ८२औं मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए। उनले कृतीशरत्न छुन्जुको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बुले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेटपछि मोहितले कृतीशकै पासमा टोलीका लागि तेस्रो गोल थपे।

पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्त्वना गोल फर्कायो। श्यामले गोल गर्दै अग्रता छोट्याए पनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो।

दशौं चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जितसहित तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ। यसअघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ। उता पराजय व्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटीभन्दा एक स्थानमुनि ११औं स्थानमा छ।

पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्त्वना गोल फर्कायो।

लिगमा बुधबार तीन खेल हुनेछन्। च्यासल मैदानमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल दशरथ रंगशालामा एपिएफ र मच्छिन्द्र फुटबल क्लबले खेल्नेछ। यस्तै दिनको अन्तिम खेल फ्रेन्ड्स र संकटाबीच दशरथ रंगशालामा नै हुनेछ। 

प्रकाशित: ६ वैशाख २०८० ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App