६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

फ्रेन्स लिग वान : एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीद्धारा लेन्स पराजित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा दोस्रो स्थानमा रहेको लेन्समाथि सहज जित हात पारेको छ।

गएराती केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लेन्समाथि ३–१ को सहज जित हात पार्दै  ९ अंकको अग्रतासंगै शिर्षस्थान यथावत रहेको छ।  

पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे। लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए।एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन्। उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन्। एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन्।

पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ। पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ।

प्रकाशित: ३ वैशाख २०८० ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App