२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी  विभिन्न सम्मानबाट  विभूषित भएका छन्।

सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा खेलाडी र खेलकर्मी पनि समेटिएका थिए। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा आज खेलकर्मीहरू विभूषित भएका हुन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण पदक जितेकी तथा ओलम्पियन समेत रहेकी पौडीकी गौरिका सिंहलाई राष्ट्रदीपबाट विभूषित हुने सुचीमा छिन्। अध्ययनका सिलसिलामा गौरिका हाल अमेरिकामा रहेकी छिन्।

राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका र अर्को प्रहरी हल्वदार प्रकाश कथायत छन्।

सागको आठौँ देखि ११ औं सम्म तेक्वान्दोमा स्वर्ण पदक जितेका दीपक विष्ट प्रबल जनसेवाश्रीबाट विभूषित भएका छन्। सागमा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्ने एक मात्र खेलाडी विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन्।गौरिका र विष्टसँगै खेल क्षेत्रका दर्जनभन्दा बढी व्यक्तिहरू पनि विभूषित भएका छन्। 

विभूषित हुने खेलाडी र खेलकर्मी

राष्ट्रदीप गौरिका सिंह (ओलम्पियन, १३ औं सागमा ४ स्वर्ण पदक विजेता)

प्रवल जनसेवाश्री – दीपक विष्ट (ओलम्प्यिन)

जन सेवाश्री – जगदिश भट्ट (राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक), निलेन्द्र राज श्रेष्ठ (एनओसी महासचिव) , सुजन लाल श्रेष्ठ (नेपाल फेन्सिङ संघ, महासचिव) , जगत बहादुर खड्का (खेलकुद प्रवद्र्धक), पलेशा गोबद्र्धन श्रेष्ठ (पारा तेक्वान्दो, पारा ओलम्पियन) , अरुणा गुरुङ (मुख्य फुटबल प्रशिक्षक, राखेप) , अरुणा शाही (राष्ट्रिय भलिबल टोली, कप्तान), भजिन्द्र बहादर क्षेत्री (तेक्वान्दो खेलाडी)

नेपाल प्रताप भुषण – प्रमिला रिजाल ( सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय)

सुकीर्ति पदक – रेनुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवनध्वज देवान राई, रन्जित तामाङ

प्रकाशित: १ वैशाख २०८० १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App