१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

चितवनमा अटो जिमखाना प्रतियोगिता हुने

चितवनमा नेपाल अटो जिमखाना प्रतियोगिता हुने भएको छ । नेपाल अटोमोवाइल्स एसोसियन(नासा) बाग्मती प्रदेश र चितवन अटोमोवाइल्स डिलर्स एसोसियनको आगामी बैशाख ३० गते प्रतियोगिता गर्ने भएको हो।  

चितवनमा नै पहिलोपटक गर्न लागिएको साहसिक खेल भरतपुरको महालक्ष्मी ट्रायल सेन्टरमा गरिनेछ । प्रतियोगिता मोटर रेसिंगको सर्ट सर्किट विधाको डिजाईन गरि खेलाईने नासा नेपाल बाग्मती प्रदेश संघका अध्यक्ष राजन पियाले जानकारी दिए । उनका अनुसार, १ किलोमिटर ट्रयाकमा प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितमा २५ समुह सहभागि लक्ष्य राखिएको छ। समुह गत रुपमा खेलाइने छ । अन्तिम चरणमा ५ जना मात्र छनोट गरिने पियाले जानकारी दिए। प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। दर्ता अनलाइनबाट पनि गर्न सकिने व्यवस्था गरिएको पियाले जानकारी दिए। विजेताले २७ हजार, द्धितिय ९  हजार र तृतियलाई ३ हजार रुपैयाँ एवम् शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। ड्राईभरसंग मार्शल र अन्य प्राविधिक टोलीपनि टिममा हुनेछन । प्रतियोगिताको अघिल्लो दिन वैशाख २९ गते ड्राइभर, मार्शल र अन्य प्राविधिकको उपस्थितिमा सहभागीलाई प्रशिक्षण दिइने उनले जानकारी दिए। कार्यक्रममा १२ सयदेखि २ हजार सीसीसम्मका गाडी प्रयोग गर्न सकिने आयोजकले जानकारी दिएको छ। गाडी खेलाडीले नै व्यवस्था गर्नुपर्ने छ। ५ जनाभन्दा बढी भए छुट्टै क्याटागोरी बनाइने उनले बताए। नासाले प्रत्येक बर्ष ३ वटा रेस्लिङ्ग गर्दै आएको छ । यहाँबाट प्रथम र द्धितीय हुने टोललाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने नासाले बताएको छ।  

 

 

प्रकाशित: २५ चैत्र २०७९ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App