४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सोमबारदेखि ऋचा स्मृति टि–२० क्रिकेट प्रतियोगिता

प्रथम ऋचा स्मृतति टि–२० क्रिकेट प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।

शुक्रबार विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता विराटनगरको जुट मिल खेल मैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म गर्न लागेको जानकारी दिएको हो।

एकेडेमीका अध्यक्ष तथा नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले छोरी ऋचाको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताए।

छोरीको स्मृतिमा आयोजना हुने प्रतियोगिता प्रत्येक वर्ष निरन्तरता पाउने बताउँदै, अध्यक्ष श्रेष्ठले भने, ‘मेरा २ जना छोरा क्रिकेटमा लागेको र छोरीलाईसमेत क्रिकेट खेल मन पर्ने भएकाले उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्दै विराटनगरको क्रिकेट खेलको स्तर वृद्धिमा पनि टेवा पुग्ने आशा गरेका छौं।’

प्रतियोगितामा मुलुकका विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ), विराटनगरको एनबिएससी, आयोजक पूर्वाञ्चल, सुदूरपश्चिम क्रिकेट क्लबका साथै भारतको दिल्ली युनाइटेड र विहार नरपथगञ्जको राहुल ११ को टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजारका साथै ट्रफी प्राप्त गर्ने छन्। व्यक्तिगतर्फ म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्समेन, बलरले पनि पुरस्कार प्राप्त गर्ने छन्। सोमबार आर्मी र नरपथगञ्गबीच उद्घाटन खेल हुनेछ।  

प्रकाशित: २४ चैत्र २०७९ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App