६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

गोदारकोे अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ। प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो।  

संघको उपाध्यक्षमा दुईजना मनोनयन गरिनेछ। महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन्। त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ(तनहुँ अध्यक्ष), सुशील सुनार (पर्वत), सुजन लामिछाने (बाग्लुङ), महेन्द्र थापा (स्याङजा), सुनिल थापा (कास्की अध्यक्ष) छन्। त्यस्तै जितु शाही (कास्की), विकास गुरुङ (कास्की) र कृष्ण कार्की (कास्की) रहेका छन् ।

पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो। २०६२ सालमा गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो। यद्दपी २०६६ सालमा अन्तर्राष्ट्रिय मुआथाई महासंघ(आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसिएसन)बाट अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो।  

नेपालबाट सन २०१० मा दिपकबहादुर गोदार, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए। सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए। अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन्।

पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो। २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो। नयाँ प्रदेश संघ गठन भएसँगै संघले रेफ्री कोर्ष, मुआथाई कोर्ष तथा आत्मरक्षा तालिम, पोखरा महानगपालिका मुआथाई च्याम्पियनसिप तथा राष्ट्रिय मुआथाई च्याम्पियनसिप लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ। नवगठित संघको उद्घाटन गण्डकी प्रदेश सदस्य प्रकाश बरालले गरेका थिए। उनले नवगठित संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदमा म भन्नेबाट हामी भन्ने परिवर्तन हुदैंन तबसम्म खेलकुदको विकास सम्भव नहुने ठोकुवा गरे।

‘म अटाएर होईन, हामी खेलकुदमा अटाउनुपर्छ भन्ने सोच हुन्ुपर्छ,’ उनको भनाई थियो। प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, मुआथाईका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई लगायतले खेलकुदको विकासमा युवाहरु नै जुट्नुपर्नेमा जोड दिएका थिए।  

प्रकाशित: २१ चैत्र २०७९ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App