coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साइक्लिङ म्याराथनको उपाधि सुरज रानामगरलाई

दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले जितेका छन्।

प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बाग्मतीको साझेदारीमा शनिवार भरतपुरमा भएको म्याराथन प्रतियोगितामा रानामगरले ६५ दशमलव ६ किलोमिटर दुरी १ घण्टा ५४ मिनेट ३८४८ मिलिसेकेण्डमा पुरा गर्दै मेन इलिट तर्फको उपाधि रक्षा रहेका हुन्।

सिन्धुपाल्चोकका सुरज नौँ राष्ट्रिय खेलकुद पतियोगिताका गोल्ड मेडलिस्ट समेत हुन्। २०७६ सालमा एपिएफमा भर्ना भएका उनी सन् २०१६ देखि नै जुनियर प्रतियोगिताहरुमा सहभागी हुँदै आएका थिए। हालसम्म उनले सयको हाराहारीमा उपाधि जितिसेको बताए। प्रथम भएका उनले ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।

त्यस्तै मेल इलिट विधा तर्फ त्रिभुवन आर्मी क्लबका सुनिल भुजेल दोस्रो भएका छन्। एपीएफका सुरजभन्दा ४ मिलिसेकेण्डले पछि पर्दै उनले दोस्रो स्थान बनाउन सकेका थिए। उनले निर्धारित दुरी १ घण्टा ५२ सेकेन्ड ३८५२ मिलिसेकेण्डमा पार गरेका थिए।

अमेरिकी नागरिक कलेब हुब्बर्द तेस्रो भएका छन्। उनले १ घण्टा ५४ सेकेन्ड ३८५४ मिलिसेकेण्डमा दरी पार गरेका थिए। भुजेल दोस्रो हुँदै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल भए भने तेस्रो स्थान हासिल गर्न सफल भएका कलेबले ३० हजार रुपैयाँ प्राप्त गरे।

साथीको साइकल लिएर प्रतियोगितामा सहभागी भएकी नुवाकोटकी लक्ष्मी मगर ओमेन इलिट विद्या तर्फ प्रथम भएकी छिन्। ६५ दशमलव ६ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेट १७ मिलिसेकेण्डमा पार गर्दै उनी प्रथम भएकी हुन्.। उनी साउथ एसियन गोल्ड मेडलिस्ट समेत हुन्।

२००८ सालदेखि साइक्लिङ म्याराथनमा सहभागिता हुन थालेकी लक्ष्मीले अन्तर्राष्ट्रिय स्तरमा एक हप्तासम्म हुने साइक्लिङ म्याराथनमा समेत भाग लिएकी छिन्। साइक्लिङ म्याराथनमा नेपालमा महिलाको उपस्थित कम छ। तर, विदेशमा भने धेरै राम्रो रहेको उनले बताईन्। प्रथम भएकी उनले साइकल भने साथीको मागेर चलाएकी थिइन्। आफ्नो साइकल नभएपछि साथीको साइकल लिएर प्रतियोगितामा सहभागी भएको उनले सुनाइन्।

‘मेरो साइकल भाँचिएको छ। तत्काल नबन्ने भएपछि साथीको साइकल लिएर प्रतियोगितामा सहभागी भएकी हुँ,’ प्रथम भएपछि नागरिक कर्मीसँग कुराकानीको क्रममा आफ्ना समस्या राख्दै उनले भनिन्, ‘खेलाडिले साइकल किनेर चलाउन पनि कठिन छ।’ उनलाई जर्मनी साथीले साइकल दिएकी हुन्। नयाँ साइकल किन्न उनीसँग तत्काल पैसा छैन। दसैँअघि भाँचिएको साइकल बनेपछि चलाउने योजना उनको छ। उनले साइकल बनाउनका लागि जर्मनी साथीलाई अनुरोध गरेको बताइन्। उनले चलाउने ८ लाख पर्दछ। सन् २०१८ मा भएको एसियन च्याम्पियनमा फेरेको चेनिज पकेटको पैसा सरकारले अझै नतिरिदिएको बताइन्। त्यतिखेरको ४५ हजार रुपैयाँ तिर्न बाँकी छ। उनले पर्यटक घुमाउन पनि गर्छिन्। त्यहाँबाट केही संकलन गरेको पैसा र केही स्पोन्सर खोजर साइकल जुटाउने गरेको उनले बताईन्।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भएकी लक्ष्मीले अहिलेसम्म पुरस्कार समेत पाएकी छैनन्। उनले भारत, भुटान, श्रीलंका लगायतका देशमा गएर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भएकी छन्। नेपालमा महिलाको प्रतियोगिता कम हुनेभएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरेको उनले सुनाइन्। अहिले नेपालमा साइक्लिङ गर्ने महिलाहरु १६ जनाको हाराहारीमा भएको उनले बताईन्। नेपालमा कोचको समेत व्यवस्था छैनन्। जसले गर्दा महिलाहरुलाई आर्थिक तथा प्राविधिक रुपमा समस्या रहेको छ।

ओमेन विधा तर्फ हुमी बुढामगर दोस्रो भएकी छन्। उनी लक्ष्मीभन्दा धेरै पछाडि छिन्। हुमीलाई निर्धारित दुरी पार गर्न २ घण्टा ११ मिनेट ४७ सेकेन्ड लाग्यो। त्यस्तै २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार इन्द्रकुमारी तामाङ तेस्रो भएकी छन्।

सात वटा विधामा प्रतियोगिता भएको थियो। मेन मास्टर विधा तर्फ हर्क लामा प्रथम भएका छन्। ४० वर्ष उमेर माथिको प्रतियोगितामा लामाले १ घण्टा ५७ मिनेटमा निर्धारित दुरी पार गरेका थिए। त्यस्तै १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गरेका विकास महर्जन दोस्रो भए। देबबहादुर बोहोराले तेस्रो स्थान हासिल गरे।

जुनियर ब्याईज तर्फ किरण लिम्बु प्रथम, अस्मिन खत्री द्वितीय र सचिन शर्माले तृतीय स्थान हासिल गर्न सफल रहे। प्रतियोगितामा मेन इलिट र ओमेन इलिट तर्फ पुरस्कार राशि प्रथम, द्वितीय र तृतीय क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ थियो। त्यस्तै मास्टर मेन तर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १५ हजार रुपैयाँ रहेको छ।

प्रतियोगितामा बाँके, भक्तपुर, बारा, चितवन, धनुषा, डोल्पा, कालिकोट, काठमाडौँ, काभ्रे, नुवाकोट, ललितपुर, मकवानपुर, मोरङ, नवलपरासी, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, स्याङ्जा, तनहुँ, उदयपुर लगायतका जिल्लाका ७० खेलाडिको सहभागिता रहेको थियो। शनिवार बिहान भरतपुर ८ गौरीगञ्जदेखि सुरु भएको म्याराथन शारदा चोक–पाडेघुम्ती –गंगानगर– टाइगरचोक हुँदै अंम्रेला स्टेड पुगेर पटिहानी बजार –सितलपानी सात नम्बर हुँदै पिसजोन बोडिङमा निस्किएको थियो।

प्रकाशित: १८ चैत्र २०७९ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App