७ वैशाख २०८१ शुक्रबार
खेल

आइपिएल :गुजरातले चेन्नईलाई हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ।  

(आइपिएल) २०२३ को पहिलो खेलमा गएराती  गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले  हराएको हो।  

टस हारेर पहिला व्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा जितका लागि १७९ रन  पछ्याएको गुजरात टाइटन्सले  १९ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो ।  

यस अघि चेन्नई सुपर किंग्सका लागि युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार पाली खेले भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।  

चेन्नई सुपर किंग्सका लागि शिबम दुबे १८ बलमा १ छक्कासहित १९, रविन्द्र जडेजा १ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहेका थिए ।

गुजरातका लागि रासिद खान , मोहमद सामी र अल्जारी जोशेफले दुई दुई विकेट लिए । जितका लागि १७९ रन पछ्याएको गुजरातका लागि शुभमन गिलले ६३ , विजय शंकरले , २७ ऋद्धिमान शाहले २५ र साई सुदर्शनले२२ रन बनाए । कप्तान  हार्दिक पान्ड्या ८   रनमा आउट भए । त्यसैगरी राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे ।

चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ। गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । आइपिएलमा आज दुई खेल हुँदैछन्।पहिलो खेलमा दिउँसो ३ : ४५ मा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । दोश्रो खेल साँझ ७: १५ मा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच हुनेछ।  

प्रकाशित: १८ चैत्र २०७९ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App