१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विराटनगरमा अहिंसा दौड प्रतियोगिता हुने

विराटनगरमा अहिंसा दौड प्रतियोगिता आयोजना गरिने भएको छ।

शनिबार विराटनगरमा अहिंसा दौड प्रतियोगिता हुने भएको हो। जैन समाजको अन्तर्राष्ट्रिय संगठन जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन (जितो) ले  शनिबार विराटनगरमा अहिंसा दौड प्रतियोगिता आयोजना गर्न लागेको हो।

शनिबार विराटनगरमा आयोजना हुने पुरुष तथा महिला दौड प्रतियोगितामा करिब ५ सय जना सहभागी हुने आयोजक संस्था (जितो) की विराटनगर शाखा अध्यक्ष सन्तोष जैनले बताइन्। 

प्रतियोगितामा पाँच सय हाराहारीमा सबै उमेर समूहका पुरुष  तथा महिला सहभागी हुने उनले बताइन्। जितो महिला विंग विराटनगर शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी ३, ५, १० किलो मिटर दुरीको छुट्टा–छुट्टै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

दश किलो मिटर दुरीको दौड प्रतियोगिताका विजेता पुरुष र महिलालाई २१÷२१ हजार र ५ किलो मिटर दुरीको दौड प्रतियोगिताको विजेता पुरुष र महिलालाई ११÷११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ। ३ किलो मिटर दुरीको दौड प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष जैनले बताइन्।

शनिबार बिहान ५ः३० बजे विराटनगर स्थित जैन भवनबाट सुरु हुने दौड पुनः जैन भवनमा आएर समापन हुने जनाइएको छ।

प्रकाशित: १७ चैत्र २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App