८ वैशाख २०८१ शनिबार
खेल

प्रधानमन्त्री थ्री नेसन्स कप: पहिलो हाफमा नेपाल र लाओस १–१ गोलको बराबरीमा

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गतको जारी खेलको पहिलो हाफमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेको छ।  

शुक्रबार दशरथ रंगशालामा भएको खेलको १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका थिए। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानले गोल गरे।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन्। नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो। लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।

प्रकाशित: १७ चैत्र २०७९ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App