१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री थ्री नेसन्स कप: नेपाल १-१ लाओस

प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनलमा दुवै टिमले १–१ गोलको बराबरी खेली रहेको छ।  शुक्रबार दशरथ रंगशालामा भएको खेलकाे १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन्। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ। एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानले गोल गरेका हुन्।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन्। नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो। लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो।

प्रकाशित: १७ चैत्र २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App