७ वैशाख २०८१ शुक्रबार
खेल

नयाँ वर्षमा ‘धनगढी दौडिँदै’

‘अब धनगढी दौडिन्छ’ प्रतियोगिताबारे जानकारी दिँदै आयोजक। तस्बिर: पुष्पराज जोशी/नागरिक

नयाँ वर्षमा ‘धनगढी दौडिने’ भएको छ। धनगढी जेसीजले हाफ म्याराथन ‘अब धनगढी दौडिन्छ’ प्रतियोगिता गरेर धनगढी दौडाउने भएको हो।

‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसीजले नवौँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो।

वैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट हाफ म्याराथन प्रतियोगिता हुने धनगढी जेसीजका अध्यक्ष मोहन ओझाले बताए। म्याराथन प्रतियोगितामा विभिन्न चार विधा समावेश गरिएको छ। म्याराथन प्रतियोगितामा खुला (२१ दशमलव १ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राइसाइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए।

म्याराथन प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ रुपैयाँ नगद प्रदान गरिने उनले बताए।

त्यस्तै कर्पोरेट र सञ्चारतर्फ प्रथमलाई ५ हजार ५ सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ रुपैयाँ पुरस्कार राखिएको छ। ट्राइसाइकलतर्फ शारीरिक अपाङ्गता भएका सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै धनगढी जेसीजका महासचिव महेश्वर ओझाले भने, ‘महिलातर्फ विजयी हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार दिइने छ।’

प्रकाशित: १४ चैत्र २०७९ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App