८ वैशाख २०८१ शनिबार
खेल

भोलि देखि मिल्स क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा दोस्रो मिल्स क्रिकेट टि–२० प्रतियोगिता हुने भएको छ। चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १५ देखि २५ गतेसम्म हुन लागेको जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष मुरली चौधरीले प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको बताए। उनले प्रतियोगितामा नेपाल र भारतका १८ वटा टिमको सहभागिता हुने बताएका हुन्।

क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको बताउँदै, अध्यक्ष चौधरीले, ‘खेल क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले प्रतियोगितालाई निरन्तार दिएका हौं। प्रत्येक वर्ष हुने मिल्स क्रिकेट प्रतियोगिता भव्य र सभ्य तरिकाले हुनेछ। क्रिकेट खेलको स्थायी र राम्रो मैदान नहुँदा प्रतियोगिता लगायत प्रशिक्षणका लागि समस्या परेको छ।’

प्रतियोगितमा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागिता हुनेछ। बुधबार हुने उद्घाटन खेल भारत जोगबनीको रोशान्त क्रिकेट क्लब र विराटनगरको होरिजन क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुनेछ।  

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। व्यक्तिगततर्फ म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्समेनले ११ हजार, बेस्ट बलरले ११ हजार, उदयमान खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्दे छन्। दैनिक म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँको साथै गिफ्mट ह्याम्पर प्राप्त गर्ने छन्।  

प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैयाँको अनुमानित खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको पहिलो संस्करण विराटनगरको पूर्वाञ्चाल एकेडेमीले जितेको थियो। यस पटक भने पूर्वाञ्चालले सहभागिता जनाएको छैन। पूर्वाञ्चाल आफैं चैत २५ गतेदेखि प्रतियोगिता आयोजना गर्ने र त्यसको तयारीका लागि प्रतियोगितामा भाग नलिएको आयोजकले जानकारी दिएको हो। 

प्रकाशित: १४ चैत्र २०७९ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App