८ वैशाख २०८१ शनिबार
खेल

क्याम प्रिमियर लिग: बुद्ध भूमि र चितवन राइनोजको जित

युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित निकालेको छ।

क्याम युथ एसोसिएसन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा जारी लिगमा डिफेन्डिङ च्याम्पियन बुद्ध भूमि क्रिकेट क्लबले क्याम युथ क्रिकेट क्लबमाथि ६ रनको रोमाञ्चक जित निकालेको हो।

११८ रनको सामान्य लक्ष्य पछ्याएको क्याम युथले निर्धारित २० ओभर नै खेलेपनि ९ विकेटको क्षतिमा १११ रन मात्र जोडेपछि साँघुरो हार बेहो¥यो। क्याम युथका विजय डीले ६६ रनको अर्धसतकीय इनिङ खेले। विजयले अलराउन्ड प्रदर्शन गरेपनि आफ्नो टोलीको हार टार्न सकेनन्। रोशनले १४ रन र सुजिथले १३ बनाए।

बुद्ध भूमिको सामान्य लक्ष्य रक्षा गर्न युवराजले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। चार ओभर बलिङ गरेका युवराजले १६ रन मात्र खर्चिए। उनी म्यान अफ दी म्याचसमेत घोषित भए। उमेश र विजयको नाममा १/१ विकेट रह्यो। त्यसअघि पहिले ब्याटिङ गरेको बुद्ध भूमि १५.३ ओभरमा ११७ रनमै अलआउट भए पनि बलिङमा साथ पाएपछि जित निकाल्यो। बुद्ध भूमिका लागि विजयी २५ रन, नरेन्द्रले २२ रन र नितेशले १६ रन जोडे। विजय डीले चार विकेट लिँदा मुस्कानले तीन तथा नवीनले दुई विकेट लिए।

अर्को खेलमा रविन साहले उत्कृष्ट बलिङ प्रेरणामा चितवन राइनोज क्रिकेट क्लबले पनि जित निकाल्यो। चितवनले वेस्ट युनाइटेड क्रिकेट क्लबलाई तीन विकेटले हराएको हो। रविन साहले किफायती बलिङ गर्दै तीन विकेट लिएपछि वेस्ट युनाइटेड १६.१ ओभरमा १०२ रनमै समेटियो। चार ओभर बलिङ गरेका रविनले १५ रन मात्र खर्चिए। विशालले तीन तथा गौरवले दुई विकेट निकाले। चितवनका बलरले विकेटसँगै किफायती बलिङ गरेपछि वेस्ट युनाइटेड सस्तैमा रोकिएको हो।

वेस्ट युनाइटेडका विवेकले ३० रन जोड्दा विशालले २४ रन र बिलाल ११ रन बनाए। त्यसपछि ब्याटिङ गरेको चितवन राइनोजले १८.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो। चितवनका प्रशान्तले २४ रन, विनोदले १८ रन र रेशमले १५ रन बटुल्दै आफ्नो टोलीलाई जित दिलाए।

वेस्ट युनाइटेडका विवेकले अलराउन्ड प्रदर्शन गर्दै तीन विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। चार ओभर बलिङ गरेका विवेकले १८ रन मात्र खर्चिए। रविन र निशेषको नाममा समान एक विकेट रह्यो। दोस्रो सिजनको प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

उक्त प्रतियोगिताको खेलहरू ब्रेसिङ्टन पार्क, साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा हुनेछन्। क्याम युथ एसोसिएसनले अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायमाझ पहिलोपटक क्लब डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो।

‘हामी सँगै गर्न सक्छौं’ नाराका साथ जारी प्रतियोगिता जुनको मध्यसम्म चल्नेछ। खेलहरू प्रत्येक सप्ताहान्तमा हुनेछन्। नेपाली समुदायलाई क्रिकेटमार्पmत चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका निर्देशक मुस्कान पाण्डेले बताए।

विजेताले ६ हजार र उपविजेताले दुई हजार अस्ट्रेलिया डलर पुरस्कार पाउने निर्देशक पाण्डेले जानकारी दिए। प्लेयर अफ दी सिरिजले पाँच सय डलर तथा अन्य विधाका उत्कृष्ट खेलाडीले पनि आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितालाई किङ्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको छ।

प्रकाशित: १३ चैत्र २०७९ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App