coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको मुद्धाको फैसला पेशी आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाको पेशी आज तोकिएको छ।

कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने बताईएको छ । गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी मुद्धा परेको थियो।त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

सरकारी पक्ष सर्वोच्च अदालत पुगे पनि उच्च अदालतको आदेश सदर भएको थियो। यता आफूलाई विदेश जान लगाइएको रोक फुकुवा गर्न माग गर्दै सर्वोच्च पुगेका सन्दीपलाई सशर्त अनुमति दिइएको थियो। सर्वोच्चले स्वदेश तथा विदेशमा गएर क्रिकेट खेल्न अनुमति दिएपछि उनले नेपाली राष्ट्रिय टोलीलाई लिग २ बाट सोझै विश्वकप क्रिकेटको छनौट सम्म पुराउन महत्वपूर्ण भुमिका खेलेका थिए।  

प्रकाशित: १३ चैत्र २०७९ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App