१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इटहरी गोल्डकपको उपाधि साबिक विजेता सगरमाथालाई

उपाधि हात पारेपछि सगरमाथा युथ क्लबका खेलाडीहरू। तस्बिर: नागरिक

१३ औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ।

इटहरी रंगशालामा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको हो। सगरमाथाले उपाधिसँगै नगद १० लाख हात पारेको छ। उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ। 

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो। चर्च ब्वाइजका फ्रेकलिङ्ग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राईको प्रहार आकाशिएको थियो।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोङग, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माको प्रहार गोलमा परिणत भएपछि सगरमाथाले उपाधि जितेको हो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित भई नगद १ लाख पाए। सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए।

प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए। सगरमाथाका देव लिम्बु बेष्ट गोलकिपर, विशाल बस्नेत बेष्ट डिफेण्डर, स्टेफिन बिनोङ्ग बेष्ट फरवार्ड र याम गुरुङ बेष्ट कोच घोषित भए। 

चर्च ब्वाइजका मौसम लिम्बु बेष्ट मिडफिल्डर र म्यान अफ दि फाइनल घोषित भए। उनीहरुले जनही नगद २० हजार हात पारे। चैत ४ गते सुरु भएको प्रतियोगितामा आठ टिम सहभागी थिए।

प्रकाशित: ११ चैत्र २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App