१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मुकेश र राजपुराले जिते गणेशमान सिंह १० के उपाधि

त्रिभुवन आर्मी क्लबका मुकेश पाल र  नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा पुरुष तर्फ मुकेशले उक्त दुरी  ३१ मिनेट २१दशमलब ७६ सेकेन्डमा दौड पूरा गरेर उपाधी जितेका हुन।त्यसैगरी अघिल्ला तीन संस्करणका विजेता एपिएफका गोपीचन्द्र पार्की दोस्रो भए । गोपीले ३१ मिनेट ३८दशमलब ६८ सेकेन्डमा दौड पूरा गरेका थिए।गत महिना भएको एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता दीपक अधिकारी तेस्रो भए । दीपकले ३१ मिनेट ४७दशमलब ४२ सेकेन्डमा दौड पूरा गरेका थिए।

महिला तर्फ राष्ट्रिय कीर्तिमानसहित राजपुरा पछाईले उपाधि जितेकी हुन्।उनले ३६ मिनेट ४३दशमलब२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन । यसअघि उनले ३७ मिनेट १०दशमलब५ सेकेन्डको कीर्तिमान राखेकी थिइन। त्यति बेला उनले सन्तोष श्रेष्ठको ३७ मिनेट ५३दशमलब५४ सेकेन्डको कीर्तिमान तोडेकी हुन। पुलिसकै राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । रामामायो ३७ मिनेट ५४दशमलब१५ सेकेन्ड र पुष्पाले ३८ मिनेट २६दशमलब०३ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।आर्मीकी पूर्णलक्ष्मी न्यौपाने ३९ मिनेट २दशमलब३५ सेकेन्ड चौथो र एपिएफकी विन्द्रा धन्के श्रेष्ठ ३९ मिनेट २५दशमलब६ सेकेन्डमा पुरा गरेर  पाँचौं भइन्।

दौड काठमाडौको दरबारमार्गबाट सुरु भई सहरका विभिन्न भाग हुँदै पुनः दरबारमार्ग पुगेर  सम्पन्न भएको थियो।आर्मीका सन्जय श्रेष्ठ ३२ मिनेट १०दशमलब०२ सेकेन्ड चौथो र केन्यका सिमोन किपागट टु ३२ मिनेट ३३दशमलब९९ सेकेन्ड पाँचौं भएको थिए।

गणेशमान सिंह फान्डेसन अन्तर्गतको गणेशमान सिंह खेलकुद समितिले आयोजना गरेको रोड रेसका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोेले३० र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गरे । चौथोे हुनेले १० र पाँचौं हुने खेलाडीेले५ हजार रुपैयाँ पाए । राष्ट्रिय कीर्तिमान बनाएकी राजपुराले थप १० हजार रुपैयाँ प्राप्त गरेकी थिइन्। रेसमा झण्डै ४ सय खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७९ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App