coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

क्यामरुनको एभिनर फुटबल क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा ‘ए’ डिभिजन क्लब खुमलटार एफसीलाई ३–१ ले हराउँदै क्यामरुनको एभिनर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलबाट अग्रता लिएको थियो। तर, पहिलो हाफमा नै खुमलटार खेलमा फर्कियो। ३६औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याए। एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलनजिक पु¥याए। उनले खेलको ६६औं र ७२औं मिनेटमा गोल गरेका थिए।

त्यसपछिको बाँकी समयमा दुवैतर्पmबाट गोल हुन सकेन र एभिनरले सहज जित निकाल्यो। एभिनरले सेमिफाइनल प्रवेशका लागि बाग्मती युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ। शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रि–क्वार्टरफाइनलको अन्तिम खेल हुनेछ। मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो। आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रकाशित: ११ चैत्र २०७९ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App