१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

घरेलु टोली विराटनगर सिटी फुटबल क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।

शहिद मैदानमा बिहीबारबाट सुरु भएको सातौं संस्करण अन्र्तगत पहिलो खेलमै नेपाल पुलिस क्लबलाई १ शुन्यले पराजित गर्दै बिसिएफसी अन्तिम चारमा प्रवेश गरेको हो।

जारी शहिद स्मारक ए डिभिजन लिगको अन्तिम १४ औं स्थानमा रहेको पुलिसलाई पराजित गर्न घरेलु टोली बिसिएफसीलाई हम्मे हम्मे परेको थियो। खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलको अवसर बनाएपनि बललाई सहीदिशा दिन नसक्दा गोलरहित बराबरीमा टुगिंएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको अन्तिम समयमा बिसिएफसीका लागि अशिष श्रेष्ठले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए। श्रेष्ठले समग्रमा खेलको १ सय २१ औं मिनेटमा गोल गरेको रेफ्री एसेसर मधुसुदन खनालले जानकारी दिए। जित हात पारेको बिसिएफसी नेपाल सुपर लिगको छैटो स्थानमा रहेको टोली हो।

यससंगै पहिलो खेलमा जित हात पारेको बिसिएफसीले त्रिभुवन आर्मी र जाउलाखेल युथ क्लबबीचको विजेता टोलीसंग चैत्र १३ गते हुनेछ।

रेफ्री एसेसर खनालका अनुसार शुक्रबार हुने दोस्रो खेलपनि आर्मीले र जाउलाखेल युथको सामना गर्नेछ। आर्मी क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमीफाइनलबाट बाहिरिएको टोली हो। त्यसैगरि, जारी शहिद स्मारक ए डिभिजन लिगमा आर्मीको टोली पाँचौ स्थानमा रहेको छ। त्यसैगरि अर्को प्रतिस्पर्धी टोली लिगको चौथो स्थानमा रहेको छ।  

प्रकाशित: १० चैत्र २०७९ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App